४ कार्तिक २०८३, बुधबार

दुई-तीन महिनामै अदालतमा सुधार ल्याउँछु: प्रस्तावित प्रधानन्यायाधीश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश रामकुमार प्रसाद साहले दुई तीन महिनाभित्रै अदालतमा सुधारको अनुभुति दिलाउने बचनवक्तता व्यक्त गर्नुभएको छ ।

संसदको सार्वजनिक सुनुवाइ विशेष समिति बैठकमा परेका उजुरीबारे जवाफ दिने क्रममा उहाँले यो प्रतिबद्धता जनाउनुभएको हो ।

‘म प्रधानन्यायाधीश नियुक्त भए दुई-तीन महिनाभित्रै परिवर्तनको अनुभूति गराउँछु’ उहाँले भन्नुभयो ।

साहले बलात्कार र महिला हिंसाका घटनामा पनि तीन महिनाभित्र फैसला गरिसक्ने खालको व्यवस्था मिलाउने बताउनुभयो । पीडितले लोभ लालच र डर त्रासमा बयान परिवर्तन गर्ने गरेका कारण यस्ता घटनामा समस्या पर्ने गरेको उहाँले बताउनुभयो ।

प्रस्तावित प्रधानन्यायाधिश साहले अदालतको छवि उकास्दै न्याय प्रणालीमा सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।