६ मंसिर २०८३, आइतबार

चुनावको मुखैमा थाइल्याण्ड किन गए एमाले अध्यक्ष ओली ?

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान गरेका छन् ।

ओली आफ्नो स्वास्थ्य उपचारका लागि शनिबार दिउँसो थाइ एयरबाट थाइल्याण्डको बैंकक प्रस्थान गरेको उनको निजी सचिवालयले जनाएको छ ।

बैंकक प्रस्थान गर्नु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष ओलीले चिकित्सकहरुको सल्लाह अनुसार नै आफू स्वास्थ्य उपचारका लागि बैंकक जान लागेको स्पष्ट पारेका थिए । ओली झण्डै एक साता बैंककमा बस्ने एमालेले जनाएको छ ।

‘स्थानीय तहको निर्वाचन एकै चरणमा’

बैंकक जानुअघि एयरपोर्टमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले तोकिएकै मिति बैशाख ३१ मा स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न हुने बताए । मधेशी मोर्चा सहभागी हुने निश्चित् भए दुई चरणमा स्थानीय तहको निर्वाचन गराउन सत्तारुढ ठूला दुई दल काँग्रेस र नेकपा माओवादी केन्द्र तयार भईरहेका बेला ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।