६ मंसिर २०८३, आइतबार

बर्दगोरीया अब एमालेको लालकिल्ला, कैलालीमा ११३५ जना पार्टी प्रवेश

10.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बौनिया, २५ चैत । कैलाली उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष कर्ण कुँवर एमालेमा प्रबेश गरेका छन् । उनलाई शुक्रबार नेकपा एमालेका उपाध्यक्ष भीम रावलले टिका लागाएर पार्टीमा स्वागत गरे ।

एमाले बर्दंगोरिया गाउँपालिकाले शुक्रबार आयोजना गरेको एक विशाल जनसभामा कुँवरसहित ११ सय ३५ जना एमालेमा प्रवेश गरेका हुन् । प्रवेश गर्नेमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रका विभिन्न जिल्ला, नगर, गाउँपालिका र वडा कमिटीका पदाधिकारी रहेका छन् ।

को हुन् कुँवर ?

पार्टी प्रवेश गरेका कुँवरले बौनियाँ बजार व्यवस्थापन समितिको अध्यक्षमा २ कार्यकाल, कैलाली उद्योग वाणिज्य संघको सदस्य हुँदै अध्यक्षको निर्वाचित कार्यकाल कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।

कैलाली उद्योग बाणिज्य संघमा व्यवसायीको मन जित्नेमात्रै नभई उनले विभिन्न सर्वहारा बर्गको उत्थानका आन्दोलनमा अग्रणी भुमिका निर्वाह गरिरहेका छन् ।

सामाजिक संघ सस्थामा मात्र उनले संघर्ष समिति अध्यक्ष भएर २०५९ सालमा लम्की देखी सुख्खड महेन्द्रराजमार्ग र भित्रका गाविसमा विद्युत पुर्याउन सफल भएका थिए ।

यस क्षेत्रको विकासको लागि पर्यटन प्रवर्द्धन र प्रचारप्रसर गर्ने उद्देश्यले बर्दगोरीया पहिचान महोत्सब समेत उनले आफ्नो कार्यकालमा सुरुवात गरेका थिए ।