धनगढी, २५ चैत । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका ७ प्रदेश इन्चार्ज एवं पूर्वमन्त्री लेखराज भट्ट एमालेमा जान लागेको हल्ला भाइरल भएकै बेला एमालेका उपाध्यक्ष भीम रावलसँग धनगढीमा भेट भएको छ ।
शुक्रबार धनगढी विमानस्थलमा उनीहरु सँगै देखिएका हुन् । तर, माओवादी नेता भट्टले भने आफ्नो भेटलाई संयोगमात्र भने । उनले एमालेमा जान लागेको भन्ने हल्ला पनि गलत भएको टिप्पणी गरे ।
धनगढी विमानस्थलमा सञ्चारकर्मीले सोधेको प्रश्नमा भट्टले आफू एमालेमा प्रवेश गर्ने हल्ला शतप्रतिशत मिथ्या र षड्यन्त्रपूवर्क फैलाइएको भ्रम भएको बताए ।
दुई नेताले भनेको कुरालाई जानकारी गराउँदै पत्रकार सम्मेलनमा सहभागी नेकपा माओवादी केन्द्र ७ प्रदेशका प्रचार प्रसार समिति इन्चार्ज ओमविक्रम भाटले भनेका छन्– ‘धनगढी, गेटा विमानस्थलमा माओवादी केन्द्रका नेता लेखराज भट्ट र एमाले उपाध्यक्ष कमरेड भीम रावलसंग भेट हुँदा प्रश्न सोध्ने अबसर जुर्यो । दुबै नेताले पार्टी प्रवेश गर्ने कुरा शतप्रतिशत मिथ्या र षड्यन्त्र पुर्वक फैलाइएको भ्रम हो भन्दै स्पष्ट पार्नुभयो ।’
सञ्चारकर्मीको प्रश्नमा दुबै नेताले प्रदेश नं. ७ को विकास, समृद्धि र एकताको लागि सधैं एक ठाउँमा रहने पनि प्रतिबद्धता ब्यक्त गरेको भाटले जानकारी दिए ।
















प्रतिक्रिया