काठमाडौं, २४ चैत । अख्तियार लथालिंग छ, नेतृत्वविहीन छ । न दलहरूलाई नयाँ नियुक्ति गर्ने हतारो छ, न त त्यहीँ रहेकालाई कन्फर्म गर्ने सहमति छ ।
यस्तो अवस्थामा दुई महिनअघि दिल्ली, अमेरिका हुँदै क्यानाडा पुगेका लोकमानसिंह कार्की जेठी छोरी आध्याले बच्चा पाउने दिन नजिकिएसँगै अमेरिकाको एटलान्टा शहर पुगेका छन् । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
सुत्केरी छोरीको स्याहार सुसारमा डेढ महिना बिताएर उताउतै पुनः क्यानाडातिरै अल्मलिने योजनामा रहेको बताइन्छ ।
कान्छी छोरी र ज्वाइँ यतै छन् । छोरा र जेठा ज्वाइँ काठमाडौं फर्किएका छन् । बच्चा पाउने बेला हुनासाथ ठूलो ज्वाइँ अमेरिका जाने स्रोतले जनाएको छ ।












प्रतिक्रिया