काठमाडौं, १४ असोज । क्यासिनो बन्द भएपछि काठमाडौंमा व्यक्तिगत रुपमा जुवा खेलाउने क्रम बढेको आशंकामा प्रहरीले छापा मार्ने क्रम तीव्र पारेको छ ।
शंकास्पद घरहरुमा निगरानी गरिरहेको प्रहरीले सोमबार काठमाडौंको चावहिलको एक घरमा छापा मारेर जुवा खेलेको अरोपमा ६ जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी अपराध महशाखाले २ लाख रुपैंया र ३ लाखको चेक, जुवा खेल्न प्रयोग गरिएको २९ वटा क्वाइन सहित उनीहरुलाई पक्राउ गरेको हो।
सादा पोशाकमा खटिएका प्रहरीले चाबहिलस्थित नेपाल टेलिकम पछाडिको घरको तेस्रो तलामा छापा मारेको थियो । क्यासिनो बन्द भएप्छि जुवाडेहरुले नयाँ जुवामा झुम्न जुक्तिहरु निकाल्न थालेको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
















प्रतिक्रिया