भैरहवा । इश्माल धर्ममा गीत गाउने, नाच्ने स्वतन्त्रता कमै हुने गर्दछ । यसो गरिनु खासै राम्रो मानिदैन तर, शिक्षा र ज्ञानको ज्योति बढ्दै गएपछि परंपरागत अड्चन र बाधाहरु विस्तारै हट्दै जान्छन् । हो यस्तै भएको छ, नेपाली म्युजिकको दुनियाँमा पनि ।
नेपाली संगीतको इतिहास धेरै लामो छ । शास्त्रीय, लोकदोहरी र आधुनक तथा रिमिक्स जस्ता गीत र संगीतका कारण यो उद्योग छोटो समयमा चाडैं धनी बन्न सफल भएको छ । आधुनिक कालको शुरुवातसंगै नेपाली संगीत उद्योगमा सयौं हस्तीहरुले ठूलो योगदान दिएका छन् ।
शिवशंकर, नातीकाजी, नारायण गोपाल, अरुण थापा, धर्मराज थापा, झलकमान गन्धर्व, कोइलीदेवी माथेमा, तारा देवी, अरुणा लामा , ज्ञानु राणा लगायत नेपाली संगीत क्षेत्रका अविभावहरुकै कारण आज यो उद्योग दिनानुदिन फैलिदै गएको छ । जसको सकारात्मक प्रभावको कारण धार्मिक हिसाबले कट्टर इश्लाम धर्मालम्बीहरु पनि यो क्षेत्रमा प्रवेश गरेका छन् ।
मोहमद वारिश खानको नाम अहिले नेपाली संगीतको दुनियामा चर्चाको शिखरमा छ । उनी रुपन्देहीको बेलहियाका स्थायी बासिन्दा हुन् ।
नेपाली गीत संगीतको क्षेत्रमा मुश्लिम समुदायको गायकको रुपमा पहिलो इन्ट्री गरेका खान नेपाली म्युजिक इन्डस्ट्रीजको किंग खान भएको संगीतकार सुरेश अधिकारीले दाबी गरे ।
अधिकारीले खानको आगो र फूल एलबमको लोकापर्ण गर्दै बेलहियामा भने “नेपाली म्युजिक इन्डस्ट्रीजमा मोहमद वारीस खानको प्रवेशले राष्ट्रिय एकतालाई बलिायो बनाउनेछ । सबै जाति धर्म समुदायका कलाकारहरुले यो देशको हितमा काम गर्नुछ । खान वास्तवमा भन्दा नेपाली म्युजिक इन्डस्ट्रीजमा किंग खानको रुपमा स्थापीत भइसकेका छन् ।”
सो कार्यक्रमका प्रमुख अतिथी समेत रहेका संगीतकार अधिकारीले खान तराई र मधेस संग पहाड र काठमाडौंलाई जोड्ने दूत हुनेमा पनि विश्वास व्यक्त गरे ।
















प्रतिक्रिया