१ कार्तिक २०८३, शनिबार

कोइराला नेतृत्वकै सरकारले संविधान जारी गर्छ: ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli

झापा, १३ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्धारित समयमा नै संविधान जारी हुने भएकाले सबैलाई ढुक्क रहन आग्रह गर्नुभएको छ ।

सोमबार झापाको धुलाबारीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एकीकृत माओवादीले संसद अवरुद्ध गरेर अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाउँदै बहुमतीय प्रक्रियामा गएर भए पनि समयमै संविधान जारी गर्ने पक्षमा नेकपा एमाले रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले चारबुँदे सहमतिमा एमाओवादीका अध्यक्षलाई उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनाउने कुरा उल्लेख नभएको भन्दै अनेक बखेडा झिकेर संविधान निर्माण गर्ने पक्षमा एमाओवादी नरहेको बताउनुभयो ।

उहाँले आफूहरूले चक्रिय प्रणलीमा संयोजक बनाउने प्रस्ताव गरेपनि संविधान निर्माण नगर्न नै माओवादीले संयोजक आफूलाई चाहिने बखेडा निकालेर झमेला गरिरहेको आरोप लगाउनुभयो ।

अध्यक्ष ओलीले वार्ता र संवादबाट सहमति नभए प्रक्रियामा गएर भएपनि संविधान निर्माणको छिनोफानो गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री सुशील कोइरालाकै नेतृत्वमा आगामी माघ ८ गते संविधान जारी हुने भएकाले संविधान निर्माण हुँदैन की भन्नेमा कुनै शङ्का उपशङ्का नगर्न सबैलाई आग्रह गर्दै अध्यक्ष ओलीले सबैले संविधान निर्माणमा सहयोग पु¥याउनुपर्ने विचार व्यक्त गर्नुभयो ।