मुम्बई । भारतीय कमेडियन कपिल शर्माको ‘द कपिल शर्मा शो’ छोडेर गएका सुनील ग्रोवर अर्थात डा. मशहुर गुलाटी पुनः फर्किने सम्भावना बढेको छ । स्रोतले जनाएअनुसार सुनील ग्रोवर ७ अप्रिलमा हुने शो को सुटिङमा आउने भएका छन् ।
विदा मनाउँदै सुनिल
प्राप्त अबरअनुसार सुनील ग्रोवर अहिले बिना मनाइरहेका छन् । कपिल शर्माको शो उनको अनुपस्थितिमा खल्लो बनेको छ । उनी अब २३ अप्रिलसम्म शो को कन्ट्रयाकमै हुनेछन् ।
दोब्बर पारिश्रमिक मागे
सुनिलले शो मा आउनका लागि पहिले पाउने भन्दा दोब्बर पारिश्रमिक माग गरेका छन् । उनीबिना शो पनि खस्कँदै गएको छ । यसकारण टिभी च्यानल पनि उनले मागेको पारिश्रामिक दिन तयार भएको छ । यसअघि अस्ट्रेलियाबाट फर्किने बेला प्लेनमा कपिल शर्माले सुनील ग्रोवरसंग झगडा गरेका थिए । त्यसपछि सुनिल शो मा उपस्थित भएका छैनन् ।















प्रतिक्रिया