काठमाडौं, २३ चैत । नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले आगामी निर्वाचनमा पुनः मेयरमा दावी गरेका छन् ।
काठमाडौंलाई महानगर बनाउन आफ्नो महत्वपूर्ण भूमिका रहेको भन्दै उनले आगामी बैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा पुनः मेयरमा दावी गरेका हुन् ।
उनले आफू मेयर र उपमेयर एमालेका तत्कालिन महासचिव मदन भण्डारी एवंम राष्ट्रपति विद्यादेवी भण्डारीको जेठी छोरी उषाकिरणलाई बनाउन माग गरेका छन् । उनले आफूहरुको जित सुनिश्चित भएको ठोकुवा गरेका छन् ।
काठमाडौंको मेयरमा एमाले सचिव योगेश भट्टराईको चर्चा भइरहेका बेला स्थापित पनि मेयरमा दावी गरेका छन् ।यसअघि क्षेत्र नम्बर–६ बाट दोस्रो संविधानसभाबाट टिकट नपाएपछि संघीय समाजवादी पार्टीबाट उम्मेदवार बनेका स्थापित अहिले पनि भट्टराई विरुद्ध उम्मेदवारीको दावी गरेका छन् । उनले एमालेको भोट काटेपछि भट्टाराई पराजित भएका थिए । यद्यपि केही समयपछि उनी एमालेमै फर्किएका थिए ।
उनले जात, लिङ्ग, समुदाय सबै मिल्ने भएकाले मेयर र उपमेयरमा उषाकिरण र आफ्नो उम्मेदवारी उपयुक्त भएको तर्क गरेका छन् ।
















प्रतिक्रिया