काठमाडौँ, १३ असोज । शीर्ष नेताबीच सोमबार पनि सहमति जुट्न नसकेपछि व्यवस्थापिका संसदको अवरोध दसैं अघि नखुल्ने निश्चित भएको छ ।
सहमति जुट्न नसकेपछि सोमबार पनि एमाओवादीसहितका विपक्षी दलहरुले बैठक अवरुद्ध गरे ।
विपक्षीको अवरोधपछि सभामुख सुवासचन्द्र नेम्वाङले बैठक दसैंपछि अर्थात असोज २२ गतेसम्म स्थगित भएको सुचना सुनाउनुभयो ।
नेम्वाङले अवरोधका बीच सभासदहरुलाई दसैंको शुभकामना दिनुभएको थियो । अवरोधका बीच शुभकामना दिनु पर्दा आफूलाई दुःख लागेको उहाँले बताउनु भएको थियो ।
अवरोध अघि विपक्षी दलहरुको तर्फबाट बोल्ने सदभावनाका सभासद लक्ष्मणलाल कर्णले आफूहरु सहमतिको पक्षमा रहेको भन्दै दसैंअघि नै सदन खोल्नु पर्नेमा जोड दिनुभएको थियो ।















प्रतिक्रिया