२ कार्तिक २०८३, सोमबार

यस्तो बन्यो धुर्मुस-सुन्तलीको मुसहर बस्ती, वैशाख १ गते महजोडीले हस्तान्तरण गर्ने

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को अगुवाईमा निर्माणाधिन महोत्तरीको मुसहर एकीकृत बस्ती आगामी वैशाख १ गते नयाँ वर्षको दिन हस्तान्तरण गरिने भएको छ ।

मुसहर बस्ती निर्माणका नेतृत्वकर्ता धुर्मुसका अनुसार वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यबाट स्थानीयलाई बस्ती हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ ।

विहान ८ बजे आयोजित हस्तान्तरण कार्यक्रममा सहभागी भइदिन धुर्मुस सुन्तलीले अनुरोध समेत गरेका छन् ।

‘वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ज्यूको प्रमुख आतिथ्यमा, हामीलाई जन्म दिनुहुने पुजनीय बुवाआमा र जनकपुरधाम सफाई एवं गंगा आरतीका प्रनेता पत्रकार तथा समाजिक अभियन्ता रामअशिष यादव ज्यूबाट बस्ती एवंम बस्ती भित्र बनेका संरचनाहरु हस्तान्तरण गर्ने निर्णय गरियो,’ धुर्मुसले भनेका छन्– ‘सम्पूर्ण सहयोगी मन, शुभचिन्तक एबम मिडियाकर्मी ज्यूहरुलाई नयाँ बर्षको खुशियालीसंगै सद्भाव बाँड्न बैशाख १ गते बिहान ८ बजे महोत्तरीको बर्दिबासस्थित एकिकृत नमुना मुसहर बस्ती परिषरमा उपस्थित भइदिन सादर अनुरोध गर्दर्छौ ।’