भक्तपुर, १३ असोज । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको कार्यकाललाई असफल बनाउन कसरत सुरु भएको टिप्पणी गर्नुभएको छ ।
रफत सञ्चार क्लव भक्तपुरले सोमबार भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले यस्तो आरोप लगाउनु भएको हो ।
‘अध्यक्ष ओलीले अहिलेसम्म गरेका निर्णय सबै वैधानिक छन्,’ उहाँले भन्नुभयो, ‘अध्यक्ष तानाशाह भए भन्ने आरोप पराजित भएकाहरुले लगाएका हुन् ।
उहाँले पराजित हुँदैमा अनावश्यक आरोप र टिप्पणी गर्नु अलोकतान्त्रिक चरित्र भएको समेत दाबी गर्नुभयो। उहाँको उक्त भनाई नेता माधवकुमार नेपालप्रति लक्षित थियो ।
उहाँले पार्टीले आवश्यक परेको खण्डमा पार्टीमा सक्रिय जसलाई पनि मन्त्रीमण्डलमा पठाउन सक्ने भन्दै सरकारबाट मन्त्री फिर्ता र नयाँ पठाउने काम सहमतीको आधारमै भएको जिकिर गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा ज्ञवालीले एमाओवादीका अध्यक्ष प्रचण्डको हठका कारण समयमा संविधान निर्माण प्रक्रिया ओझेलमा परेको आरोप लगाउनुभएको छ ।
प्रचण्डले उच्चस्तरिय राजनीतिक संयन्त्रको नेतृत्व लिने अडानका कारण राजनीतिक संकट लम्विदैँ गएको उहाँको भनाई थियो ।
उहाँले विगतमा पनि एमाओवादीकै कराण संविधान जारी हुन नसकेको दाबी गर्नुभयो ।
उहाँले सहमतिको आधारमा नभए आगामी ८ माघ भित्र गणितीय आधारबाटै भए पनि संविधान जारी हुने ठोकुवा गर्नुभयो ।















प्रतिक्रिया