२ कार्तिक २०८३, सोमबार

‘देश खारेज गर’ भन्ने हिसिलाको बचाउमा करिश्माको कडा प्रतिक्रिया

8.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नयाँ शक्ति नेपालकी नेतृ एवं सदाबहार नायिका करिश्मा मानन्धरले ‘देश खारेज गर’ भनेर नारा लगाउने हिसिला यमीको बचाउमा कडा प्रतिक्रिया दिएकी छन् ।

डा. बाबुराम भट्टराईको पार्टीमा लागेर पछिल्लो समय विवादमा तानिएकी करिश्मा हिसिलाको बचाउमा लागेर अर्को विवादमा तानिएकी छन् ।

उनले आइतबार बिहान निर्वाचन आयोगमा धर्ना दिने क्रममा नयाँ शक्ति नेपालकी नेतृ हिसिलाले ‘यो देश खारेज गर’ भन्दै लगाएको नाराको बचाउ गर्न खोजेकी छन् ।

यद्यपी हिसिलाले आफूले बेहोसीमा त्यस्तो नारा लगाउन पुगेको भन्दै माफी समेत मागिसकेकी छन् । तर, हिसिलाले माफी मागिसकेपछि पनि करिश्माले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै हिसिलाको बचाउ गर्न खोजेकी हुन् ।

उनले डबिङ्ग गरेर हिसिलाको चरित्र हत्या गर्न खोजेको आरोप लगाएकी छन् । फेसबुकमार्फत उनले भनेकी छन्– ‘म सिनेमाको कलाकार हुँ, प्रविधि बुझ्छु । हिसिला यमीको जसले डबिङ गरेर हालेर उहाँको चरित्र हत्या गर्न खोजेको हो । तिनलाई थाहा भएनछ, खुला ठाउँमा इको आउँदैन । फेरि डबिङ गरेर अझै झुटो थपेर हाल्नुहोस् ।’

यस्तो स्टाटस पोष्ट भएपछि उनको फेसबुकमा कैयौं नराम्रा कमेन्ट आएका थिए । त्यसलगत्तै उनी त्यो पोष्ट हटाउन बाध्य भएकी छन् ।