लस एञ्जलस । एंजेलिना जोली, एमा वाटसन, ब्लेक लाइवली र मिशेल ओबामा जस्ता प्रसिद्ध हस्तीहरूलाई पछाडि पार्दै पप स्टार बेयन्से संसारकी सबैभन्दा सुन्दर महिला बन्न सफल भएकी छिन् । उनी शीर्ष स्थानमा छिन् ।
बलिउड अभिनेत्री प्रियंका चोपडा संसारकी दोस्रो सुन्दर महिला बन्न सफल भएकी छिन् ।
तस्बिर, जर्नल र भिडियो शेयर गर्ने लस एञ्जलसस्थित सोशल मिडिया नेटवर्क बजनेटद्वारा गरिएको सर्वेक्षणमा प्रियंकाभन्दा अगाडि पप स्टार बेयन्से पुगेकी हुन् ।
बेयन्से यो सूचीमा शीर्ष स्थानमा छिन् । ३४ वर्षीया स्टार प्रियंका चोपडाले ट्विटरमा सुन्दर महिलाहरूको सूची शेयर गरेकी छिन् । उनले आफूलाई भोट गर्ने प्रशंसहरूलाई धन्यवाद दिएकी छिन् ।
प्रियंकाले लेखेकी छिन्, ‘बजनेट र भोट गर्ने सबैलाई धन्यवाद । बेयन्से मेरा लागि पनि नम्बर वान हुन् ।’
सूचीमा तस्रो स्थानमा मोडल टेलर हिल र चौथो, पाँचौं र छछौँ स्थानमा क्रमशः वाटसन, डकोटा जनसन र हिलेरी क्लिंटन छन् ।
जोली आछौं स्थानमा छिन् । जबकि यस वर्षकी ओस्कर विजेता एमा स्टोन १२औँ नम्बरमा छिन् । सुपरमोडल गिगी हदीद १३औँ स्थानमा छिन् । अमेरिकाकी पूर्व प्रथम महिला २१औँ नम्बरमा छिन् । – एजेन्सी















प्रतिक्रिया