१४ कार्तिक २०८३, शनिबार

अहिले आएर प्रचण्डले यस्तो प्रस्ताव राखेपछि आक्रोसित बने देउवा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई विश्वासमा लिने नाममा प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्नुपर्ने विकल्प अघि सारेका छन् ।

नेपाली कांग्रेस तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुसँगको आन्तरिक बैठकमा दाहालले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सकिने विकल्प अघि सारेका हुन् । नागरिक दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्री दाहालले पछिल्लो समयमा अघि सारेको उक्त विकल्पका कारण मुख्य सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवा भने आक्रोशित भएका छन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार मोर्चाको सहमतिमा मन्त्रिपरिषद् बैठकबाट थपिने भनिएका स्थानीय तहमा मात्रै दोस्रो चरणमा निर्वाचन गर्न सकिने प्रस्ताव दाहालले अघि सारेका हुन् । ‘जहाँ स्थानीय तह थपिँदैन, त्यहाँ पहिलो चरणमै निर्वाचन सम्पन्न गर्ने, तर जहाँ संख्या पुनः मन्त्रिपरिषद्बाट थपिन्छन्, त्यहाँमात्र दोस्रो चरणमा निर्वाचन गर्ने विकल्प प्रधानमन्त्रीले अघि सार्नु भएको हो’, दाहाल निकट स्रोतले भन्यो ।

मधेसी मोर्चा स्थानीय तहको संख्या नबढाई निर्वाचनमा नआउने र मन्त्रिपरिषद्बाट संख्या बढाई मोर्चालाई निर्वाचनमा ल्याउन खोज्दा निर्वाचनका लागि आवश्यक पर्ने अन्य प्राविधिक कठिनाई हुने भएकाले प्रधानमन्त्रीले यस्तो विकल्प अघि सारेका हुन् ।

‘मधेसी मोर्चा नआई स्थानीय तह निर्वाचन गर्न सकिँदैन, स्थानीय तहको संख्या बढाउँदा मतपत्र, मतदाता नामावली मिलाउन वैशाख ३१ अघि सकिँदैन’, दाहाल निकट स्रोतले भन्यो, ‘यस्ता प्राविधिक कठिनाइ भएकाले मात्रै त्यस्तो वैकल्पिक प्रस्ताव बाध्यात्मक रुपमा गरिएको हो, निर्णय भएको होइन ।’ आइतबारको भेटमा प्रधानमन्त्री दाहालले देउवासँग यो प्रस्ताव गरिसकेका हुन् ।