१४ कार्तिक २०८३, शनिबार

चुनाव जित्न कांग्रेसले चुनावी रणनीति यसरी बनाउँदै छ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । स्थानीय तहको निर्वाचनको रणनीति बनाउन कांग्रेसले पूर्वकेन्द्रीय सदस्य, पूर्वसांसद र भ्रातृ संगठनका केन्द्रीय पदाधिकारीसँगका साथै पूर्वप्रशासक र पूर्वसुरक्षाकर्मीसँग छलफल गर्ने भएको छ ।

कांग्रेसका वरिष्ठ नेता एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको बैठकले नेता तथा पूर्वप्रशासक र पूर्वसुरक्षा अधिकारीसँग निर्वाचनकेन्द्रित छलफल गर्ने निर्णय गरेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

चुनावी रणनीति बनाउन मंगलबार अपराह्न कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री, पूर्वसांसदहरूको संयुक्त भेला बोलाइएको छ । आजै भ्रातृ संगठन तथा शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीहरूसँग पार्टीको केन्द्रीय कार्यालयमा छलफल गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै, पूर्वराजदूत, पूर्वप्रशासक र पूर्वसुरक्षा अधिकारीहरूसँग बिहीबार छलफल हुने कांग्रेस केन्द्रीय कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

भेलाको निष्कर्ष र सुझावका आधारमा सातै प्रदेशमा सभा गरेर कांग्रेसले आÏना धारणा मतदतादासम्म पु¥याउन लागेको हो । बैठकले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै २७ चैतदेखि २ वैशाखसम्म देशका विभिन्न सहरमा आमसभा गर्ने निर्णयसमेत गरेको छ ।

अगामी २७ चैतमा कैलालीको अत्तरिया, २८ मा दाङको तुलसीपुर, २९ मा रूपन्देहीको बुटवल, ३० मा पोखरा, ३१ मा जनकपुर र २ वैशाखमा झापामा आमसभा हुनेछ । आमसभालाई शीर्ष नेताहरूले सम्बोधन गर्नेसमेत तय भएको छ । प्रदेश–३ र प्रदेश–६ को भेलाको स्थान र मिति भने पछि तय हुने कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

स्थानीय तहको निर्वाचनमा प्रचार–प्रसार अभियानका लागि पार्टीका शीर्ष नेताहरूलाई स्थानीय तहसम्म नै सहभागी गराउँदै चुनावी अभियान गरिने निर्णय भएअनुसार नै आमसभाको मिति र स्थान तय गरिएको कांग्रेस केन्द्रीय सदस्य तथा समिति सदस्य रमेश रिजालले बताए । कांग्रेसले निर्वाचनमा स्थानीय मतदातासम्म पुग्न सभा गर्ने र मतदाताको राय लिने रणनीति अपनाएको हो । बैठकले गाउँ तहसम्म नै निर्वाचनको प्रचार–प्रसार अभियानको नेतृत्व सम्बन्धित क्षेत्रका केन्द्रीय कार्यसमिति सदस्यले नै गर्ने निर्णयसमेत गरेको रिजालले जानकारी दिए ।

समितिले देशभरका सबै स्थानीय तहमा नेता परिचालन गर्दै प्रदेशको सभाको तयारी गर्र्ने र त्यसको तयारीको काममा पार्टी केन्द्रीय सदस्य आफैं सहभागी हुने व्यवस्था मिलाएको हो । यस्तै, बैठकले केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गतका विभिन्न उपसमितिसमेत गठन गरेको छ । आर्थिक स्रोत परिचालन समन्वय उपसमिति, प्रचार–प्रसार समन्वय उपसमिति, सुरक्षा समन्वय उपसमिति, मतदाता शिक्षा तथा सचेतना समन्वय उपसमिति, निर्वाचनअनुगमन समन्वय उपसमिति र निर्वाचन आयोग समन्वय उपसमितिसमेत गठन गरेको छ ।

कांग्रेसले केही दिनअघि सम्पन्न केन्द्रीय कार्यसमिति बैठकबाट नेता पौडेलको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेको थियो । कांग्रेसले यसअघि नै उम्मेदवार छनोट कार्यविधिसमेत तय गरिसकेको छ ।