काठमाडौँ, २१ चैत । काठमाडौँ महानगरपालिका–१ दरबारमार्ग स्थित ईन्भेष्टमेन्ट बैंकका एटीएम बुथ बाट एटीएम ह्याक गरी पैसा निकाल्दै गरेको अवस्थामा रसियन नागरिक ३२ बर्षीय भोसिल अलेक्स सोस्नोभलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार प्रहरीले उनको साथबाट एटीएम कार्ड ५४ थान, (प्रो इन्भेन्ट ९३२५ लेखिएको कार्ड एटीएम बुथमा अड्किएको अवस्थामा भेटिएको), १ हजार दरका नोट १ सय ३४ थान, ५ सय दरका नोट २७ थान, १ सय दरका ४ थान, ५० दरका नोट ९ थान गरी १ लाख ४८ हजार ३ सय ५० रुपैयाँ र मोवाइल समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया