चन्द्रौटा, २१ चैत । राष्ट्रिय मदरसा संघले कतारका राजदूत यूसुफ मोहम्मद अलहीललाई भैरहवा विमानस्थलमा पुगी ज्ञापन पत्र बुझाएको छ ।
संघका राष्ट्रिय अध्यक्ष डा. अब्दुल गनी अलकूफी र महासचिव मौलाना मशहूद खाँ ‘नेपाली’ ले ज्ञापन पत्र बुझाउनुभएको हो ।
मदरसा संघले कतारका विभिन्न विद्यालयमा अध्ययनरत नेपालका गरीब विद्यार्थीहरुका लागि छात्रवृत्ति दिई पठाउनुपर्ने माग गरेको छ ।
यसैगरी नेपाली स्कूलहरुमा समेत कतार सरकारले छात्रवृत्तिको व्यवस्था गरिनुपर्ने ज्ञापनपत्र मार्फत राजदूतसँग अनुरोध गरिएको छ ।
राजदूतले कपिलवस्तु र रुपन्देहीका मदरसाहरुमा भ्रमण गरी वस्तुस्थितिबारे जानकारी लिएकोमा मदरसा संघले धन्यबाद ज्ञापन गरेको छ ।
यसैगरी जामिया सिराजुल उलूमको तर्फबाट प्राध्यापक डा. अब्दुल गनी अलकूफी र मदरसाका प्रवक्ता मौलाना मशहूद खाँ ‘नेपाली’ले राजदूत अलहीललाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।












प्रतिक्रिया