१४ कार्तिक २०८३, शनिबार

प्रहरी महानिरीक्षकमा तेस्रो व्यक्ति ल्याउने गृहकार्य, चन्द र सिलवाललाई झट्का

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । प्रहरी महानिरीक्षक नियुक्तिमा अदालती प्रक्रियाले अप्ठेरो पारेपछि सरकारले सर्वोच्चको फैसलालाई सम्मान र सरकारको कार्यकारी अधिकार दुवैलाई कायम राख्दै तेस्रो व्यक्तिलाई बनाउने गृहकार्य गरेको छ ।

सरकारले डिआईजी जयबहादुर चन्दलाई आईजीपीमा नियुक्ति गरेपछि अर्का दावेदार डिआईजी नवराज सिलवालले रिट दायर गरेपछि सर्वोच्च अदालतले चन्दको नियुक्ति बदर गरेको थियो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

सत्ता साझेदार दल नेपाली कांग्रेसको चर्को दबाबमा नियुक्त भएका चन्दलाई अदालतले हटाएसँगै प्रहरी संगठन निमित्त आईजीपीको भरमा चलिरहेको छ ।