काठमाडौं, २० चैत । नेपालको पहिलो उद्योग विराटनगर जुटमिल स्थापना भएको दिनलाई आधार मानेर नेपाल सरकारले मंसिर ९ गतेलाई उद्योग दिवसका रुपमा मनाउन घोषणा भएको छ ।
नेपालमा उद्योग स्थापना भएको ८ दशक लामो ऐतिहासिक पृष्ठभूमिलाई समेटेर सांस्कृतिक संग्रहालय नेपालले आंउदो २०७४ साल मंसिर ९ गतेदेखि १३ गतेसम्म नेपाल आर्ट काउन्सिल, बबरमहल, काठमाडौंमा “नेपालमा औद्योगिक क्रान्तिको ८ दशक ऐतिहासिक फोटो प्रदर्शनी आयोजना गर्न लागेको छ ।
यसै कार्यक्रमको तस्बिर व्यानरमा उद्योग मन्त्री नविन्द्रराज जोशीबाट हस्ताक्षर गर्नु भई अभियानको शुभारम्भ गर्नु भयो ।
यस संग्रहालयले नेपालको उद्योग विकासको पृष्ठभूमि, पहिलो उद्योग र यसको स्थापनाको चुनौती, औद्योगिक गतिविधि, मजदुर आन्दोलन, प्रजातन्त्र वहालीमाविराटनगर जुटमिलको योगदान र आधा दशक पार गरिसकेका उद्योगहरुका बारेमा सूचना र जानकारी संकलनका साथै डिजिटलाइज्ड अभिलेख तयारीको थालनीगरी सकेको छ ।
यसरी संकलित सूचना तथा जानकारीलाई फोटो प्रदर्शनीका माध्यमबाट उजागर गरी मुलुकको औद्योगिक क्षेत्रलाई संरक्षण र प्रवद्र्धन गर्न मद्दतपुग्नेछ भन्ने विश्वास गरिएको छ ।












प्रतिक्रिया