२० कार्तिक २०८३, शुक्रबार

१७ क्विन्टल २१ किलो झ्याउ बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आकाश देबकोटा

बाँके, २० चैत । बाँकेमा ठूलो परिमाणमा प्रतिबन्धित जडिबुटी झ्याउ बरामद गरिएको छ । नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान ब्यूरो र वन कार्यालयको टोलीले आज बिहान १७ क्विन्टल २१ किलो झ्याउ बरामद गरेको हो ।

बरामद झ्याउ भारतीय बजारमा प्रतिकिलो नेपाली ८ सय रुपैयाँमा बिक्री हुने गर्दछ । बरामद झ्याउ करिब १४ लाख रुपैयाँ पर्न आउँछ । सरकारले विस २०६७ सालदेखि झ्याउको कारोबारमा प्रतिबन्ध लगाएको छ ।

क्षेत्रीय अनुसन्धान ब्यूरोका प्रहरीका अनुसार बरामद झ्याउ नेपाल ज्वैलर्सका संचालक सकिल अहमद जसगढको भएको जानकारी दिए । प्रहरीले जसगढकै घरबाट झ्याउ बरामद गरेको जनाएको हो ।