लमजुङ, २० चैत । हावाहुरीसहित असिनापानी परेको बेला शनिबार साँझ चट्याङ लागेर लमजुङमा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
मध्यनेपाल– ८ डढुवाका ५३ वर्षीया कालिमाया गुरुङ र ४८ वर्षीय सोमबहादुर गुरुङको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा चन्द्रध्वज गुरुङ र आरिकोसीकी १४ वर्षीया लक्ष्मी गुरुङ रहेको इलाका प्रहरी कार्यालय भोर्लेटारका इन्सपेक्टर राधेश्याम सिंह सैथवारले जानकारी दिए । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
यस्तै, चट्याङ लागेर ७ वटा बाख्रा, एउटा गाई र एउटा गोरु पनि मरेको इन्सपेक्टर सैथवारले बताए ।












प्रतिक्रिया