२० कार्तिक २०८३, शुक्रबार

भजनमार्फत आमाहरुले भने– गरिबीको अन्तः सहकारीको मन्त्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २० चैत । महिलाहरुलाई सहकारीका बारेमा जागरुक बनाउने उदेश्यका साथ काठेखोला गाउँपालिका वडा नंं ७ रेशमा आमा समुहरुबीच सहकारी सम्बन्धी भजन प्रतियोगिता सम्पन्न भएको छ ।

६० औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले आमा समुहहरुबीच सहकारी भजन प्रतियोगिता सम्पन्न गरेको हो । भजन प्रतियोगितामा साविक रेश गाविसमा गठित विभिन्न ९ वटा आमा समुहको सहभागिता रहेको थियो ।

प्रतियोगितामा सहभागी आमाहरुले भजन मार्फत सहकारी गरिवी अन्त्यको मन्त्र भएको, सहकारीमार्फत अर्थतन्त्रको विकास गर्न सकिने कुरा व्यक्त गरेका थिए । किसानले खेती खगेर उब्जाएको वस्तुको मूल्य बजारले तोक्ने प्रचलन अन्त्य हुनु पर्ने, स्थानीय स्रोत साधनको अधिकतम उपयोगमा ध्यान दिनु पर्ने लगायतका विषयहरु भजन मार्फत सार्वजनिक गरेका थिए ।

प्रतियोगितामा अनुभवी आमा समुह प्रथम, प्र्रगतिशिल आमा समुह द्वितिय, नवप्रतिभा आमा समुह तृतिय तथा प्रगतिशिल कुँवर परिवार महिला विकास समुह र डोटा देउराली आमा समुहले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

प्रतियोगितामा विजयी हुने समुहहरुलाई वाद्यवादन सामग्रीहरु मादल, खैजडी, मुजुरा पुरस्कार प्रदान गरिएको थियो ।

भजन प्रतियोगिताकै क्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी सहायक निरिक्षक विदुरप्रसाद तिमिल्सिनाले दुव्र्यसन सम्बन्धमा, जिल्ला स्वास्थ्य कार्यालयका चुडामणी कंडेलले सूर्तिजन्य पदार्थको प्रयोग र यसबाट हुने हानी नोक्सानीका बारेमा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका सल्लाहकार डिलबहादुर कार्की, पूर्व जिल्ला विकास समितिका सदस्य हरिबहादुर कार्की, आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक रामबहादुर जिसीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष अमरबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष अञ्जु जिसीको स्वागत र सचिव प्रेम लामिछानेको सञ्चालनमा सम्पन्न भएको थियो ।