गुल्मी, २० चैत । फाक्सोको क्यानस पिडित गुल्मीका एक व्यक्तिले आर्थिक सहयोगको अपिल गरेका छन् । वाबिकको बाँझकटेरी ९ हालको मदाने गाउँपालिका मुलावारीका ३१ वर्षिय ताराबहादुर केसी (नारायण)ले आफ्नो उपचारमा सहयोग गर्न याचना गरेका छन् ।
६ महिना अघिदेखि फोक्सोको क्यान्सरबाट पीडित केसीले उपचारमा ठुलो रकम लाग्ने भएपछी सहयोगको याचना गरेका हुन् । उनको आर्थिक अवस्था अत्यन्तै दयनीय रहेको साथै श्रीमतीमा अपांगता भएकोले उपचारमा सहयोग गर्नको लागि गुल्मी पुर्काेटदहमा क्रियाशिल जनप्रीय युवा क्लवले आह्वान गरेको छ ।
काठमाडौंमा महंगो उपचार गराउनु पर्ने भएकोले देश विदेशमा रहेका गुल्मेली तथा सम्पुर्ण नेपालीहरुलाई केसीको उपचारका लागि सक्दो सहयोग गर्न आह्वान गरिएको क्लवका सदस्य कमल लम्सालले बताए । उनले हाल सम्म ५ लाख भन्दा वढीखर्च गरि सकेका छन् । लम्सालका अनुसार केसीकी श्रीमती अपांगता रहेकी छन् भने दुई छोराछोरी साना छन् ।
उपचारका लागि केसीको पारिवार दयनीय अवस्थामा रहेको छ । लम्सालले देश विदेशमा रहेका सम्पुर्ण संघ संस्थाहरुलाई सहयोगको लागि अपिल गरे । केसीको यहि चैत २८ गते फोक्सोको सल्यक्रिया हुँदै छ ।













प्रतिक्रिया