२ कार्तिक २०८३, सोमबार

बलिउड फिल्म ‘द ड्रिम जव’मा नेपाली कलाकार साध्वी

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालकी कलाकार साध्वी भट्ट अभिनित बलिउड चलचित्र ‘द ड्रिम जव’को तीन गीत सार्वजनिक भएको छ । चलचित्रमा सातवटा गीत राखिएको छ । ‘द ड्रिम जब’मा साध्वी केन्द्रीय भूमिकामा छिन् ।

सङ्गीत र अभिनय अध्ययनका लागि मुम्बई पुगेकी साध्वीले रियल रिल्स प्रोडक्सनले निर्माण गरेको ‘द ड्रिम जब’मा युथ लभ स्टोरी र बैङ्किङ क्षेत्रको खराब प्रबृत्तिलाई उतारिएको छ । चलचित्रमा साध्वीले बैङ्करको भूमिका निर्वाह गरेकी छिन् ।

‘म गर्व गर्छु नेपाली हुनुमा । भाग्यले म बलिउडमा काम पनि गरिरहेकी छु’, नेपाली चलचित्रमा पनि अभियन गर्ने उत्तिकै प्यास बोकेकी नायिका साध्वी भन्छिन्, ‘म बलिउडमा नेपालको प्रतिनिधित्वको हिसावले सङ्घर्ष र योगदान गरिरहेकी छु । यहाँ सिकेको अभिनय कौशल नेपाली चलचित्रमा पनि दिन चाहन्छु ।’

नायिका साध्वीले केही नेपाली चलचित्रका लागि स्क्रिप्ट पनि हेरिरहेको बताइन् । दुई वटा बलिउड चलचित्रमा साइन गरिसकेकी साध्वीले नेपाली चलचित्रमा छिटै काम थाल्ने विश्वास व्यक्त गरिन् ।

जेठमा सार्वजनिक प्रदर्शनमा आउने ‘द ड्रिम जब’मा सात वटा गीत रहेको छ । चलचित्रमा बलिउडका टप गायक÷गायिकाले स्वर दिएका छन् । बलिउडका चर्चित गायक मिका सिंह, नकाश अजिज, नीति मोहन, जावेद अलि, ममता शर्मा, मनोज तिवारीले द ड्रिममा गीत गाएका छन् ।

साध्वीले नृत्य गरेको ‘पार्ट टाइमका प्यार पर्मानेन्ट करले…’ युट्युवमा लोकप्रिय बन्दै गएको छ । यी गीतहरू युट्युव, आइट्युनस्, शाभन, हङ्गामा, गानालगायत एप्समा सुन्न सकिन्छ । चलचित्रका ‘दिल मागें मेरे…’, सेल्फी लेलेरे…’गीत पनि युट्युवमा सार्वजनिक गरिएको छ