२० कार्तिक २०८३, शुक्रबार

बडडाँडा–एरावती सडक स्तरोन्नतीको काम प्रभावित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सलिम अन्सारी

प्युठान, २० चैत । प्यूठान जिल्लाको बड्डाँडा–ऐरावती कृषि सडक स्तरोन्नतीको काम रोकिएको छ ।

२०५१–०५२ सालमा निर्माण भएको सडक डिभिजन सडक कार्यालयमार्फत स्तरोन्नती गर्ने क्रममा जिल्ला वन कार्यालय प्यूठानले रोकेको हो ।

अनुमतिबिना स्क्याभेटरको प्रयोग गरी बन क्षेत्रमा सडक बिस्तार गर्न थालिएको भन्दै बन कार्यालयले निर्माणमा रोक लगाएको थियो । काम गर्नका लागि निर्माणस्थलमा राखिएको स्क्याभेटर बिनाकामै सडक किनारमा थन्किएको छ ।

सडक स्तरोन्नतीका लागि सडकले वन कार्यालयसँग समन्वय नगरेको भन्दै जिल्ला वनको निर्देशनमा स्थानीय बनगढी सामुदायिक वनले काम रोक्न आग्रह गरेपछि बिहीबारबाट काम रोकिएको स्थानीयले बताएका छन् ।

हंसपुर लगायतका बासिन्दाको वर्षौ देखिको सड्क सपना पूरा हुन लागेको बेला बन कार्यालयको अबरोधले सडक निर्माणको काम रोकिएकोमा स्थानीयले असन्तुष्टि जनाएका छन् ।

बाटो निर्माण गरिएको २३ वर्षपछि मात्र बड्डाँडा–ऐरावती सडकको चैत पहिलो सातादेखि स्तरउन्नतीको काम सुरु गरिएको छ ।

१६ किलोमिटर मोटरबाटो स्तरोन्नती गरी घुम्तीमा १० मिटर र बाँकी क्षेत्रमा ८ मिटर चौडा बनाउन लागिएको छ ।

अहिले सडक चौडा पार्ने, साइट कटिङ गर्ने, कच्ची नाला बनाउने जस्ता कामहरु हुने सडक डिभिजन कार्यालयले बताएको छ ।

जिल्ला बन कार्यालय प्यूठानका बन अधिकृत प्रवीण बिडारिका अनुसार जिल्ला बिकास समिति वा सडक डिभिजन कार्यालयले बनभित्रबाट सडक निर्माण गर्दा सरकारसंग स्वीकृति लिएर सडक निर्माण गर्नुपर्ने प्राबधान छ ।

बहुवर्षीय सडक अन्तर्गत सडकको स्तरोन्नतीको काम हुन लागेको डिभिजन सडक कार्यालय प्यूठानका प्रमुख सुरेश न्यौपानले बताए ।

पाँच करोडको बहु वर्षिय योजना अन्तर्गत यस वर्ष २८ लाख रुपैयाँ बजेट छुट्टिएको उनले जानकारी दिए ।

झण्डै २४ महिनाको अबधिमा निर्माणकार्य सम्पन्न गर्ने गरि खामपाते निर्माण सेवा काठमाडौंले कामको जिम्मा लिएको छ ।