
काठमाडौं, १९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश एमालेमय भएको भन्दै स्थानीय निकायको चुनावपछि अरु पार्टीको साइनबोर्डमात्र बाँकी रहने बताएका छन् ।
नेकपा एमालेको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा शनिबार राप्रपा सिन्धुपाल्चोकका नेता धर्मराज भण्डारीलाई पार्टी प्रवेश गराउँदै ओलीले भने अहिले कतिपय दलहरु केटाकेटीले काडाकुँडी खेलेजस्तो गरिरहेका छन् । केटाकेटीले खेल्दा चामल हुँदैन तर पनि भात पकाएको नक्कल गर्छन् । ती पार्टीहरुमा पनि त्यस्तै भइरहेको छ । साइनबोर्ड झण्ड्याएका छन्, तर तिनीहरुसँगै कार्यकर्ता छैनन् ।’
अध्यक्ष ओलीले एमालेमा एकताबद्ध हुन सबैलाई आह्वान पनि गरे । रमाइलो पारामा गीत गाउँदै उनले भने ‘फर्क फर्क नेपाली दाजुभाई एमालेमै फर्क ।’















प्रतिक्रिया