
– आकाश देबकोटा
बाँके, १९ चैत । बाँकेमा म्यादी प्रहरीमा भर्ना हुनका लागि तालिममा रहेका एक युवाको ज्यान गएको छ ।
२९ वर्षीय टोलबहालुर थारुको तालिमका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । शनिबार एक किलोमिटर दौड सकेर सेटअप गर्ने क्रममा उनी बेहोस भएर लडेका थिए ।
लगतै अस्पताल पुयाएको र उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर राईले बताए ।















प्रतिक्रिया