४ कार्तिक २०८३, बुधबार

तीन दल संसद खुलाउन सकारात्मक, संसद आजै खुल्ने सम्भावना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC-Nepalकाठमाडौँ, १२ असोज । प्रमुख तीन दलका शीर्ष नेताहरु व्यवस्थापिका संसदको गतिरोध आइतबार नै खुलाउने कुरामा सकारात्मक देखिएका छन् ।

आइतबार सिंहदरवारमा तीन दलका शीर्ष नेता र कांग्रेस एमालेका नेताहरुबीच भएको छुट्टाछुट्टै छलफलपछि दलहरु संसद खुलाउने कुरामा सकारात्मक देखिएका हुन् ।

संविधानका अन्तरवस्तुमा सहमति खोज्ने र संसदको अवरोध खुलाउने बारेमा गम्भिर छलफल भएको भन्दै एमाओवादी नेता नारायणकाजी श्रेष्ठले संसद आइतबार नै खुलाउने गरि फेरि वार्ता हुने सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो ।

चार बजे बस्ने संसद बैठक अघि नै शीर्ष नेता बिच छलफल गरेर संसद खुलाउने विषयमा कुराकानी हुने बुझिएको छ ।

नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले पनि राज्य पुनसंरचनाका विषयमा केही कुरा बाँकी रहेकाले पुनः छलफल गरेर संविधानमा कुरा मिलाउने र संसद खुलाउने एकैचोटी हुन सक्ने बताउनु भयो ।