काठमाडौं । मल्टिस्टार फिल्म ‘संरक्षण’को रिलिज मिति तोकिएको छ । अभिनेताद्वय निखिल उप्रेती र सौगात मल्लको प्रमुख भूमिका रहेको फिल्म ‘संरक्षण’ २०७४ सालको साउन १३ गतेदेखि देशभरि एकसाथ रिलिज हुनेछ ।
निखिल र सौगात दर्शकले रुचाइएका अभिनेता हुन् । उनीहरूको अभिनय दर्शकले ‘संरक्षण’मा फरक परिवेशमा हेर्न पाउने छन् । निखिल र सौगातका साथै यो चलचित्रमा वरिष्ठ अभिनेता नीर शाह, मलिना जोशी, अशिष्मा नकर्मी, कामेश्वर चौरसिया, प्रमोद अग्रहरी, रमेश रञ्जन झालगायतको अभिनय देख्न सकिनेछ ।
‘संरक्षण’का निर्माता प्रदीपकुमार उदय हुन् । ‘संरक्षण आगामी साउन १३ गतेबाट देशभर प्रदर्शनमा आउनेछ’, प्रदीपले भने । ‘संरक्षण’लाई निर्देशन पूणेन्द्र झाले गरेका छन् ।
राजनीति, अपराध, पत्रकारितालगायतका विषयलाई समेटेर फिल्म निर्माण गरिएको हो । प्रवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायाँकन र हिमाल केसीको द्वन्द्व निर्देशन ‘संरक्षण’मा रहेको छ ।















प्रतिक्रिया