१ कार्तिक २०८३, आइतबार

मोर्चाका चार शीर्ष नेतालाई लैनचौरबाटा बोलावट, को–को जाँदै छन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । नेपालका लागि भारतका नवनियुक्त राजदूत मनजिभसिंह पुरीले मधेसी मोर्चाका प्रमुख चार दलका शीर्ष नेताहरूलाई भेटका लागि लैचनचौर बोलाएका छन् ।

लैनचौरस्थित भारतीय राजदूतावासमा अपरान्ह पाँच बजे तराई मधेस लोकतान्त्रिक पार्टीका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवलाई बोलाइएको स्रोतले जनाएको छ ।

आफ्नो जिम्मेवारी लिएपछि विभिन्न दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका राजदूत मनजिभसिंह पुरीले मोर्चाका चार शीर्ष नेतालाई मात्रै बोलाएका हुन् ।