२ कार्तिक २०८३, सोमबार

श्रीषा कार्कीले आत्महत्या गरेपछि अपुरो रहेको ‘यातना’ फिल्मको गीत रिलिज

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नायिका श्रीषा कार्कीको आत्महत्यासंगै अपुरो रहेको नेपाली कथानक चलचित्र ‘यातना’को एउटा गीत युट्यूवमार्फत सार्वजनिक भएको छ ।

उज्ज्वल केसीको अभिनय र निर्देशन रहेको यस चलचित्रमा श्रीषा कार्की, विनोद खरेल, बीना बुढाथोकी, शान्ति मास्के, दीपक क्षत्री, मोहन मिश्र, अरुण रेग्मी, जुहार पाण्डे, शहदेव बानियाँ, इना हमाल, प्रकाशराज मानन्धर, बसन्त तिमल्सिना आदि कलाकारहरूको अभिनय छ ।

प्रकाश श्रेष्ठको छायांकन, रोशन श्रेष्ठ, उदयसिंह बोहराको द्वन्द्व, न्ह्यू बज्राचार्य र मिलन मोक्तानको संगीत, दिनेश पाख्रिन, प्रदीप रमण सिंहको नृत्य, बीबी थापा र उज्ज्वल केसीको गीत, कुमार कान्छा, सुमन शेखर मानन्धर र एन्जिला श्रेष्ठले फिल्मका गीतमा स्वर दिएका छन् ।

यस चलचित्रको क्लाइमेक्सको केही दृश्य छायांकन गर्न बाँकी रहेको अवस्थामा नायिका श्रीषा कार्कीको दुखद् निधन भएको थियो । त्यसपछि थन्किएको यस चलचित्रलार्इ आफ्नो बिगतको कामको सम्झना गर्दै अपुरो रहेका भागलाई सम्पादनमा मिलाएर चाँडै युट्यूवमार्फत रिलिज गरिदिने निर्देशक केसीले बताए ।

स्मरण रहोस आफ्नो विरुद्ध समाचार प्रकाशित भएपछि यस चलचित्रका दुई कलाकार श्रीषा कार्की र इना हमालले आत्महत्या गरेका थिए । चरित्र अभिनेत्री शान्ति मास्के, गायक कुमार कान्छा, सम्पादक बीरेन्द्र कार्की र छायाँकार राजु मानन्धरको केही समयअघि निधन भैसकेको छ ।