१४ कार्तिक २०८३, शनिबार

वैशाख ३१ गते चुनाव गर्न प्रधानमन्त्रीसँग आयोगले राख्यो यस्तो सर्त

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । निर्वाचन आयोगले राजनीतिक सहमतिबाटै देशभर एकैपटक निर्वाचन हुने वातावरण मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेको छ ।

प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवसहित सबै आयुक्तहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगी देशभरका सबै क्षेत्रमा एकैपटक निर्वाचन सम्पन्न गर्न राजनीतिक सहमति आवश्यक रहेको भन्दै सहमतिको वातावरण बनाउन प्रधानमन्त्रीसँग आग्रह गरे । राजधानी दैनिकले समाचार छापेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले राजनीतिक सहमति भए निर्वाचन आयोगलाई निर्वाचन सम्पन्न गराउन कुनै समस्या नरहने भन्दै असहमति देखिएका क्षेत्रका विषयमा राजनीतिक सहमतिमार्फत एकै चरणमा सहज निर्वाचन हुने वातावरण बनाउन आग्रह गरेको निर्वाचन आयुक्त इला शर्माले राजधानीलाई बताइन् ।

‘प्रधानमन्त्रीज्यूलाई निर्वाचन आयोगको पछिल्लो प्रगति विवरणबारे जानकारी गरायौं, समस्या देखिएका ठाउँका विषयमा राजनीतिक सहमतिबाटै वातावरण बनाइदिनसमेत आयोगका तर्फबाट हामीले प्रधानमन्त्रीज्यूलाई आग्रह ग¥यौं,’ निर्वाचन आयुक्त शर्माले राजधानीसँग भनिन् ।

भेटमा प्रधानमन्त्री दाहालले निर्धारित ३१ वैशाखमा नै देशैभरका सबै स्थानीय तहमा एकै चरणमा निर्वाचन सम्पन्न हुने बताए । प्रधानमन्त्रीले निर्वाचनका लागि राजनीतिक वातावरणसमेत बन्ने भन्दै आयुक्तहरूलाई विश्वस्त भएर अघि बढ्न आग्रह गरेका छन् ।