१ कार्तिक २०८३, आइतबार

भक्तपुरमा भयो मुटु कमाउने घटनाः यी हुन् आफैले जन्माएको बच्चा मार्ने साईंली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १७ चैत । आफैले जन्माएको बच्ची मारेको अभियोगमा भक्तपुरमा एक युवती पक्राउ परेकी छिन् ।

भक्तपुरको चाँगुनारयण नगरपालिका–३ झौखेल डेरा गरी बस्ने रामेछाप गौसरा–१ घर भएकी २१ बर्षीया साहिली तामाङलाई प्रहरीले पक्राउ गरेको हो । बुधबार विहानदेखि डेलीभरी सम्बन्धी व्यथा लागेपछि श्रीमान मेघबहादुर तामाङ गाउँमा गई पैसा खोजेर आएका थिए । तर श्रीमतीलाई जिल्ला अस्पताल ल्याउँदा डाक्टरले बच्चाको जन्म बाहिर भइसकेको बताएका थिए । आमाको साथमा बच्चा नभएपछि उनले प्रहरीमा खबर गरेका थिए ।

प्रहरीले साहिली तामाङलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा बालिकाको जन्म भएपश्चात हत्या गरी डेरा कोठा नजिक बाँसघारीमा लगेर गाडेको भनी बताएकी थिइन् । उनले बताएको स्थानबाट प्रहरीले बालिकाको शव गाडेको अवस्थामा फेला परेको थियो ।