१४ कार्तिक २०८३, शनिबार

धोका दिने को–को धुन्धुकारी ?

5.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । नेताको आश्वासन न हो ! आफूलाई अनुकूल पर्दा दुनियाँलाई वचन दिन्छन् । काम सकिएपछि फर्केर हेर्दैनन् । तर, यसपटकचाहिँ अचम्मै भएको छ ।

गत मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा खुमबहादुर खड्काको सानेपास्थित घरमै साँझ ६ बजे पुगे । बाटैबाट म आउँदै छु भनेर खबर गरे अनि एकैछिनमा टुप्लुक्क आँगनमा उत्रिए । आफू पार्टी सभापति हुनेक्रममा एकपटक पुगेका उनले लगभग एक वर्षसम्म त्यतापट्टि फर्किएर हेरेका थिएनन् । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

तर, एकाएक अहिले पुगेर गुनासो पोखे, ‘मलाई गाह्रो छ, तनाव भयो । विश्वास गरकाले नै धोका दिए ।’ उनले फकाउने भाषामा कुरा गरे, ‘यही कारण मैले तिमीलाई उपसभापति बनाउन सकिन । अब म बाहिर (संभवत सिंगापुर) जाँदै छु । फर्केर आएपछि कसैको कुरा सुन्दिनँ, तिमीलाई बनाउँछु । ढुक्क भए हुन्छ ।’

थप आश्वस्त पारे, ‘तिम्रा मान्छेलाई केन्द्रीय सदस्यसमेत बनाउँछु । ’ महाधिवेशनपछि दोस्रो पटक उनी त्यसरी खुमबहादुरको सम्पर्कमा पुग्नुलाई भारतको उत्तर प्रदेशमा बिजेपी नेता आदित्यनाथ मुख्यमन्त्री बनेको घटनासँग जोडेर धेरैले बुझेका छन् ।

कांग्रेसका हिन्दूवादी नेता खुमबहादुर खड्काको आदित्यनाथसँग सुमधुर सम्बन्ध छ । आफू प्रधानमन्त्री बन्न दक्षिणको साथ चाहिने हुनाले त्यही बाटो सोझ्याउन देउवा यसरी सक्रिय बनेको हुनुपर्छ ।

तर, घरमा आएका शेरबहादुर देउवालाई खुमबहादुरले चाहिँ तिम्रो विश्वास छैन । पहिले वचन पूरा गरेर देखाउ अनि पत्याउँला भनी पठाएको स्रोत बताउँछ ।

खुमबहादुर खड्काले आफूनिकट ९ जनालाई केन्द्रीय सदस्य बनाउनु भन्दै सूची पेश गरेको भए पनि अहिले ५ जनालाई मात्रै बनाए पनि मान्ने अवस्थामा रहेको बताइन्छ । दुर्योधन चौधरी, चन्द्र केसीलगायत खुमबहादुरको लिस्टमा समावेश छन् ।