
रौतहट, १६ चैत । सबै मधेशी दलहरुबीच एकताको चर्चा चलिरहेको बेला राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीमा विद्रोह भएको छ ।
सदभावनाका केन्द्रीय सदस्य योगेन्द्र यादवसहित करिब एक दर्जन नेता कार्यकर्ताले पार्टीको कुनै पनि पदमा नरहने गरी सामुहिक राजीनामा दिएका हुन् ।
सद्भावनाका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले परिवारवाद तथा जातिवादी विचारधारबाट आफ्नै मनोमानी तरिकाले पार्टी सञ्चालन गरेको उनीहरुको आरोप छ ।















प्रतिक्रिया