काठमाडौं । नयाँ शक्तिकी नेतृ तथा अभिनेत्री करिश्मा मानन्धरले पार्टीका संयोजक डा बाबुराम भट्टराई प्रधानमन्त्री बन्ने जानकारी आफूले पाएको बताएकी छन् ।
मंगलबारदेखि जारी केन्द्रीय परिषद बैठकका क्रममा आफूनिकट नेताहरुसँगको कुराकानीमा करिश्माले भनिन्– ‘चुनाव हुँदैन त्यसपछि बाबुराम प्रधानमन्त्री बन्नुहुन्छ भन्ने सुनेकी छु । त्यसपछि तपाईं हामी मन्त्री बनेर यो देशका लागि केही गर्न सक्छौं । यस्तो अवस्थामा बाबुरामको विरोध गर्नु गलत हो ।’
नयाँ शक्तिमा बाबुरामको विरोध गर्दै फरक मत दर्ता गराएका नेता देव लिम्बुतर्फ संकेत गर्दै करिश्माले भनिन्– ‘बाबुरामको विरोध कसैले पनि गर्न हुँदैन । करिश्माको भनाई थियो– ‘बाबुरामको विरोध गर्ने मानिस नयाँ शक्ति पार्टीको हुनै सक्दैन, त्यस्तो मानिस नेपाली नै हुन सक्दैन ।’
भारतसँग बढी नै झुकाव राखेको भन्दै पार्टीभित्र चर्काे विरोध भएपछि करिश्माले बाबुरामको बचाउ गरेकी हुन् ।















प्रतिक्रिया