२० कार्तिक २०८३, शुक्रबार

थारुहट पार्टी छाडेर हरिहपुरमा १० युवा नेता एमाले प्रवेश

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, १६ चैत । कपिलवस्तुको बुद्धभुमि नगरपालिका हरिहरपुरका १० युवा एमाले प्रवेश गरेका छन । मंगलबार गोरुसिंगे पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनीहरु प्रबेस गरेका हुन् ।

सुमन्त थारुको नेतृत्वमा, राम अश्रे थारु, वर्सती थारु, लालमन थारु, विनोद कुमार थारु, दशरथ थारु, आईतबारी थारु, संदिप थारु, रामनारायण थारु र दिपेन्द्र थारु रहेका छन् । उनिहरु थारुहट तराई पार्टी छाडेर एमालेमा प्रवेश गरेका हुन ।

एमालेको सिद्धान्तले सबै जातजातिको सम्मान गर्ने भएकाले आफूहरु एमाले प्रवेश गरेको सुमन्त थारुले बताउनु भयो । बैशाख ३१ गते हुने स्थानिय निर्वाचनमा बुद्धभुमिमा एमाले लाई जिताउनको लागी आफु खटेर लाग्ने थारुले वताए । बुद्धभुमीको मधेसी वस्ती रहेका धनकौली, महुवा, राजपुर, मानपुर, हरीहरपुरका गाउ गाउमा एमालेको स्थिती वलियो हुदै गएको एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले वताउनु भयो ।