ललितपुर, १६ चैत । स्वास्थ्यमन्त्री गगन थापाले आफू अबको १३ वर्षसम्म मात्रै सक्रिय राजनीतिमा हुने बताएका छन् ।
बुधबार आयोजित राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै उनले अबको १३ वर्षपछि राजनीतिको नेतृत्व नयाँ पुस्ताको हातमा हुने बताए । उनले ‘१३ वर्षसम्म मेरो ल्याकतले भ्याएसम्म देश र जनताका लागि गर्छु,’ उनले भने, ‘त्यसपछि म बिश्राम लिन्छु ।’
सम्मेलनलाई राष्ट्रिय योजना आयोगका सदस्य स्वर्णिम वाग्ले, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारी, राष्ट्रिय युवा परिषदका सदस्य भावना भट्ट, यूएनडीपीका राष्ट्रिय निर्देशक रेनड मेयेरलगायतलेसम्बोधन गरेका थिए ।
सम्मेलनमा दीगो विकास लक्ष्यमा युवाको भूमिका, राजनीतिक परिवेश, यौन तथा प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्यलगायतका विषयमा छलफल भएको छ । राष्ट्रिय युवा सम्मेलन २०१७ मा देशभरका ५ सयभन्दा बढी युवाको सहभागी थियो ।
















प्रतिक्रिया