२० कार्तिक २०८३, शुक्रबार

अनलाइन अनुगमन गर्ने व्यवस्था मिलाउन मन्त्री शाहीको निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ चैत । खानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शाहीले मन्त्रालय अन्तर्गतका विभागीय प्रमुखलाई कार्यसम्पादनको अनलाइन अनुगमन र मूल्यांकन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

बुधबार विभागीय प्रमुखहरुलाई आफ्नै कार्यकक्षमा बोलाएर यस्तो निर्देशन दिएका हुन् । राज्यमन्त्री दीपक खडका र सचिव भीम उपाध्यायलाई समेत साथमा राखेर मन्त्री शाहीले प्राविधिकहरुको वर्चश्व रहेको मन्त्रालय पूर्ण रुपमा प्रविधियुक्त बनाउन निर्देशन दिए ।

मन्त्री शाहीले विभागीय प्रमुखहरुलाई भने,” तपाइँहरुले दैनिक रुपमा सम्पादन गर्न गरेको काम र आयोजनाहरुको प्रगति विवरण हरेक दिन अपडेट गर्नुहोस् । त्यसपछि आफूले अनलाइन रुपमै मूल्यांकन गरेर थप निर्देशन र व्यवस्थापन गर्न पाउँ ।”

उनले मन्त्रालय अन्तर्गतका महत्त्वपूर्ण आयोजनाहरू समयमै सम्पन्न गर्नु पर्ने भन्दै आयोजना अघि बढाउन के समस्या भएको हो । त्यसको विषयमा तुरुन्त जानकारी गराउन र ढिलासुस्ती आग्रह गरे ।

मेलम्ची खानेपानी लगायतका आयोजनाहरुको काम समयमै सकिनु पर्नेमा जोड दिदै मन्त्री शाहीले त्यसका लागि आफूले जस्तोसुकै सक्रियता देखाउन र पहल गर्ने तयार रहेको बताए ।

समस्या छन् भने अनलाइनमा तुरुन्त अपडेट गर्न सक्ने बताउदै उनले यसले तत्काल समस्या समाधान गर्न सहयोग गर्न धारणा राखे ।

मेलम्ची खानेपानी आयोजना, काठमाडौं खानेपानी लिमिटेड, मेलम्ची खानेपानी विकास वोर्ड, खानेपानी तथा ढल निकास विकास, खानेपानी महशुल निर्धारण आयोग, खानेपानी संस्थान, ग्रामिण खानेपानी तथा सरसफाइ विकास कोष, आयोजना कार्यान्वयन निर्देशनालय, सह लगानी खानेपानी तथा सरसफाइ आयोजना, सुख्खा क्षेत्र खानेपानी आयोजनाका विभागीय प्रमुख र मन्त्रालयका महाशाखा प्रमुखलाई आफ्नै कार्यकक्षमा बोलाएर मन्त्री शाहीले अनलाईन अनुगमनको व्यवस्थापन मिलाउन निर्देशन दिएका हुन् ।