४ कार्तिक २०८३, बुधबार

सुजातामाथिको कारबाही विधानसम्मत: महामन्त्री सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakash-man-singh

काठमाडौँ, ११ असोज । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले हालै पार्टीको अनुशासन समितिले संविधानसभा निर्वाचनमा पार्टीलाई अन्तरघात गर्नेमाथि गरेको कारबाही पार्टीको विधानसम्मत भएको बताउनुभएको छ ।

सुजाताा कोइराला लगायतका केही केन्द्रीय नेताले नै अनुशासन समितिले गरेको कारबाही पक्षपात भएको आरोप लगाएका छन् नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उपप्रधानमन्त्री सिंहले पार्टीलाई अनुशासित बनाउन विधानअनुसार नै कारबाही भएको स्पष्ट पार्नुभयो ।

नेपाल प्र्रेस युनियनको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आफ्नो निजी निवासमा बोलाउनुभएका महामन्त्री सिंहले सञ्चारकर्मीसँगको कुराकानीमा अनुशासन समितिले गरेको कारबाही चित्त नबुझे ३५ दिनभित्र कार्यसमितिमा पुनरावेदन गर्न सक्ने प्रावधान छ भन्नुभयो ।

अनुशासन समितिले केही दिनअघि मात्र गत मङ्सिर ४ गते सम्पन्न संविधानसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन अन्तरघात गर्ने १८३ केन्द्र तथा जिल्लास्तरका नेता कार्यकर्तालाई अनुशासनको कारबाही गरेको थियो ।

अर्को फरक प्रसङ्गमा नेता सिंहले अवरुद्ध संसद् खोल्ने सम्बन्धमा प्रमुख प्रतिपक्षी दल एमाओवादीको मागअनुसार प्रमुख राजनीतिक दलबीच उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नेबारेमा छलफल अघि बढिरहेको र छिट्टै सहमतिमा पुग्ने आशा व्यक्त गर्नुभयो ।

“उच्चस्तरीय संयन्त्रको नेतृत्व प्रमुख दलबीच आलोपालो प्रणालीका आधारमा हुनुपर्छ भन्ने हाम्रो माग हो, त्यसमा अर्को ठूलो सत्तारुढ दल नेकपा (एमाले)को पनि सहमति छ”–उहाँले भन्नुभयो, “संविधान निर्माणका लागि अन्तिम समयसम्म सहमतिको प्रयास गरिने र सहमति नभए प्रक्रियामा गएर भएपनि माघ ८ गतेभित्र संविधान निर्माण हुनेछ ।”