२० कार्तिक २०८३, शुक्रबार

…जब विराटनगर एयरपोर्टमा आगोको मुस्लो देखियो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनर, १६ चैत । विराटनगर विमानस्थलमा आगोको मुस्लो देखिएपछि उडान ठप्प भएको छ ।

नेपाल नागरिक उड्यन प्राधिकरणले आयोजना गरेको आपतकालिन योजनाको पूर्णकालिन अभ्यासका लागि बुधबार डेढ घण्टाका लागि सबै उडान ठप्प भएको हो । अभ्यासका लागि विमानस्थलमा आगो लगाइएको थियो ।

अभ्यासका कारण बुद्ध एयरको एउटा उडान प्रभावित बनेको छ । अन्य जहाज पनि आकाशमै रोकिनुका साथै ढिलो उडेका थिए ।

जहाज अवतरण गर्दा वा उड्न लाग्दा दुर्घटनामा परे कसरी उद्दार गर्ने भन्ने विषयमा डेमो गरी बिमानस्थलको मैदानमा आगो लगाइएको थियो । डेमोका क्रममा डेढघण्टासम्म बिमानस्थल बन्द गरिएको थियो ।