२ कार्तिक २०८३, सोमबार

कमेडियन राजु श्रीवास्तवले खोले कपिलको अर्को पोल

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । अहिले आफ्नो शो बाट सुनिल ग्रोबोर लागायतका चर्चित कलाकारहरु बाहिरिएपछि कपिल शर्मा निकै तनावमा छन् । अहिले उनी आफ्नो अभद्र व्यवहारका कारण निकै पछुताएका देखिन्छन् ।

कपिलको व्यवहारका कारण कलाकारले शो छोडेर गएकै बेला भारतका अर्का चर्चित कमेडियन राजु श्रीवास्तवले उनको अर्को खुलासा गरेका छन् । भर्खरै कपिलको शो मा सहभागी भएका श्रीवास्तवले कपिलले कलकारसंगै दर्शकहरुसंग पनि राम्रो व्यवहार नगर्ने गरेको बताएका छन् ।

उनले पटक पटक यस्तो कार्य गर्दै आएको उनको भनाई छ । उनले आफूले कपिल त्यस्तो होलान् भन्ने नसोचेको बताए । उनी आउने परिणामको बारेमा पनि ख्याल नगर्ने गरेको आरोप उनले लगाएका छन् ।

राजुले भने– ‘उनले मसंग केही गरेका छैनन्, तर शो मा काम गर्ने प्राविधिक, कलाकारका अनुसार उनले मदिरा पिएपछि बदलाको भवाना लिन्छन् र अभद्र व्यवहार गर्छन् ।’

उनले कपिल, सुनील ग्रोवरसंग भेट गर्न निकै आतुर रहेको भएपनि उनी मुम्बईमा नभएको बताए । भर्खरै सुनील ग्रोवर अनुपस्थितिमा कपिलले कमेडियन सुनील पाल, राजू श्रीवास्तव र एहसान कुरैशीसंग एक विशेष एपिसोड सुटिङ गरेका थिए । तर, सुनिल लगायतका कलाकारको अभावमा शो खल्लो हुनुका साथै शो को टिआरपी पनि घटेको थियो ।