मुम्बई । भारतीय सिनेमा क्षेत्रमा श्रीदेवी एक यस्ती कलाकार हुन जसलाई लेडी अमिताभ बच्चनकको उपाधि दिइने गरिन्छ । श्रीदेवीले आफ्नो करियरको सुरुवात २ वर्षको उमेरदेखि गरेकी थिइन् । उनी अहिलेसम्म सुपरहिट चलचित्र दिइरहेकी छन् । उनले अब आफ्नो छोरीलाई पनि सुपरस्टार बनाउने तयारीमा छन् ।
श्रीदेवीले सन १९७६ देखि १९८२ को बीचमा कैयौं तमिल र तेलुगु फिल्ममा अभिनय गरिन् । उनले धेरैजस्तो रजनीकान्त, कमल हासन लगायतका सुपरस्टारसंग अभिनय गरेकी थिइन् ।
एक फिल्ममा श्रीदेवीले १३ वर्षको उमेरमा रजनीकान्तकी आमाको भूमिका निर्वाह गरेकी थिइन् । एक तमिल फिल्म ’मून्दरू मुदिचू’ मा उनले यस्तो भूमिका निर्वाह गरेकी थिइन् ।
त्यो समयमा रजनीकान्त सुपरस्टार थिए । तर, जब फिल्म रिलिज भयो तब रजनीकान्त भन्दा बढी श्रीदेवी चर्चामा आइन् ।
यति मात्रै नभई फिल्म ‘धर्मयुद्ध’ मा श्रीदेवीले रजनीकान्तकी प्रेमीकाको भूमिका निर्वाह गरेकी थिइन् । बलिउडमा श्रीदेवी एक यस्ती कलाकार हुन् जो सँधै चुनौतिपूर्ण भूमिका निभाउँछिन् ।
विहे गरेको १५ वर्षपछि श्रीदेवीले गौरी शिन्देको फिल्म ‘इंगलिश विङ्गलिश’ मा देखिइन् । त्यसमा पनि उनको प्रस्तुति राम्रै थियो । जसमा उनले एक पत्नी र आमाको भूमिका निर्वाह गरेकी थिइन् ।















प्रतिक्रिया