२ कार्तिक २०८३, सोमबार

‘दुनियाले तारिफ गर्ने चोखा माया लाम…’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विष्णु माझी र रमेश कार्कीको स्वरमा रहेको ‘दुनियाले तारिफ गर्ने चोखो माया लाम…’को म्युजिक भिडियोबाट टीका जैसीले फेरि एकपटक प्रशंसा पाएकी छिन् । गायियका विष्णु माझीको स्वरमा रहेको यो गीतमा उनको अभियनलाई धेरैले मन पराएका छन् ।

‘विष्णु माझी जस्तो राम्रो गायिकाको स्वरमा रहेको गीतमा अभिनय गर्न पाउनु मेरा लागि राम्रो अवसर हो’, टीकाले भनिन्, ‘रमेश कार्कीको स्वर पनि उत्तिकै राम्रो छ ।’ टीकाले आगामी दिनमा पनि यस्तै राम्रा गीतहरूमा अभिनय गर्ने बताइन् ।

यो गीतको म्युजिक भिडियोमा टीकालाई बुद्धवीर थापाले साथ दिएका छन् । म्युजिक भिडियो एमिनेशन गरेर बनाइएको हो ।

हुन त थुप्रै गीतहरूमा अभिनय गरिसकेकी टीका भन्छिन्, ‘गीतहरूमा धेरै नाँची सकेकी छु । यो गीतमा मेरो अभिनय अलिक फरक छ ।’ गीतहरूमा सधै नाँच्ने गरेकी टीकालाई यो गीतमा नाचेको हेर्न पाइँदैन ।

गीतका विषयमा टीका भन्छिन्, ‘भावनात्मक प्रेम अभिव्यक्तिलाई गीतले समेटेको छ । गीत आफैमा सुन्दर बनेको छ । यो गीत मलाई अत्यन्तै मन पर्छ ।’ यो गीतमा शब्द सन्तोष बानियाँले लेखेका हुन् भने लय सागर लामाको हो ।