चितवन, १५ चैत । नेकपा एमाले चितवनको मंगलबार बसेको जिल्ला कमिटि बैठकले पार्टीको आन्तरिक कार्यक्रमको समीक्षा सहित आसन्न निर्वाचनका सम्बन्धमा महत्वपूर्ण निर्णय गरेको छ ।
पार्टीको गाउँ कमिटि, नगर कमिटि र महानगर कमिटिमा समायोजना गर्नुपर्ने सबै वडा कमिटिहरुलाई पार्टीको निर्देशन बमोजिम तत्काल समायोजना गर्न मंगलबार आयोजित बैठकले निर्देशन दिएको छ । जिल्ला कमिटि अध्यक्ष कृष्णभक्त पोखरेलको अध्यक्षतमा बसेको बैठकले स्थानीय तह निर्वाचनको लागि पार्टीको वडा स्तर र मतदान केन्द्र स्तरको निर्वाचन परिचालन कमिटि तत्कालन गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, पार्टीका जिल्ला कमिटि सदस्यहरु नारायण वन र कृष्ण भुर्तेललाई जिल्ला कमिटिको सचिवालयमा मनोनयन गरेको पार्टीका प्रचार विभाग प्रमुख खोमकान्त रेग्मीले जानकारी दिए ।
जिल्ला कमिटि बैठकले पार्टीको प्रचार विभागलाई पूर्णता दिएको छ । खोमकान्त रेग्मी प्रमुख रहेको प्रचार विभागमा प्रेस चौतारी सम्बद्ध पत्रकाहरुलाई थप्दै प्रचार विभागलाई पूर्णता दिइएको हो ।
१३ सदस्यीय प्रचार विभागमा शालिकराम नेपाल, शिशिर सिंखडा, रामबाबु सुवेदी, जनक अर्याल, कृष्ण गिरी, हरिप्रसाद पोखरेल, तिलकराम रिमाल, राधेश्याम खतिवडा, तीर्थ नेपाल, सुवाष पण्डित, दिपेन्द्र अधिकारी र शान्ता अधिकारीलाई प्रचार विभागमा थप गरिएको छ ।
जिल्ला कमिटि अध्यक्ष कृष्णभक्त पोखरेलको अध्यक्षतामा बसेको बैठकमा पूर्व अर्थमन्त्री एवम् एमाले स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डे प्रमुख अतिथि रहेका थिए ।
त्यस्तै, मंगलबार विभिन्न व्यक्तिहरुलाई एमाले पार्टी प्रवेश समेत गराइएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ६ बाट विभिन्न पार्टी परित्याग गर्नेहरुलाई दिपेन अधिकारीको नेतृत्वमा पार्टी कार्यालयमा स्वागत गरिएको हो । विभिन्न पार्टीका ३० जना युवाहरु मंगलबार नेकपा एमालेमा प्रवेश गरेका हुन् ।













प्रतिक्रिया