गौशाला, ११ असोज । भारतीय नागरिकलाई भाई बनाई नेपाली नागरिकता दिलाएको अभियोगमा महोत्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको एकरहिया गाविस–८ बस्ने वर्ष ४२ का जमानत हुसैन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जमानतले २०५२ साल असोजमा आफ्नो काकाका साला भारत बिहार राज्यअन्तर्गत सीतामढी जिल्लाको श्रीखण्डी भिट्ठा बस्ने अजमत राइनलाई भाइ बनाई झुठो विवरण पेस गरी नेपाली नागरिकता दिलाएका थिए ।
आफू पनि २०५५ सालदेखि भारतमै लुकेर बस्दै आएका जमानत गएराति घरमा आएको सुराकी पाएपछि उनीमाथि निगरानी बढाएको प्रहरीले उनलाई आज बिहान नेपाल भारतको सीमा नाका जलेश्वर–१२ मलिवाराबाट भारत जान लागेको अवस्थामा पक्राउ गरेको प्रहरी उपरीक्षक शौरभ राणाले बताउनुभयो ।
निजमाथि नागरिकतासम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको प्रहरी उपरीक्षक राणाले बताउनुभयो । रासस















प्रतिक्रिया