४ कार्तिक २०८३, बुधबार

बालिकालाई बलात्कार गर्ने भुजेललाई १२ वर्ष कैदको फैसला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatkadi

खोटाङ, ११ असोज । स्थानीय पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने खोटाङका एक युवालाई १२ वर्ष कैद सजाय र रु ७५ हजार क्षतिपूर्तिको फैसला सुनाइएको छ ।

बालिका बलात्कारपछि पुर्पक्षका लागि कारागारमा राखिएका डाँडागाउँ–१ का २५ वर्षीय किशोर भुजेललाई यस्तो फैसला सुनाइएको हो ।

आरोपित भुजेलले जबर्जस्ती करणी गरेको स्वीकार गरेपछि जिल्ला न्यायाधीश ईश्वरीप्रसाद गौतमको एकल इजलासले उनलाई उक्त सजाय सुनाएको स्रेस्तेदार भीष्म भट्टराईले जानकारी दिनुभयो ।

भट्टराईका अनुसार भुजेलले मादक पदार्थ सेवन गरेको समयमा बालिकालाई जबर्जस्ती करणी गरेको बयान दिएका छन् ।

भुजेलले घरमा कोही नभएको समयमा गत असार–७ गते बालिकालाई जबर्जस्ती करणी गरेका थिए । बालिका बलात्कृत भएपछि आफन्तले दिएको उजुरीको आधारमा उनलाई असार–९ गते प्रहरीले पक्राउ गरेको थियो ।

बलात्कृत बालिकाको स्वास्थ्य अवस्था ठीक हुँदै गएको पारिवारिक स्रोतले जनाएको छ ।