
काठमाडौं, १४ चैत । नेपाल टेलिकमका दुई जना कर्मचारीको व्यक्तिगत हित हुने गरी ल्याइएको ‘फोरजी’ सेवाबाट कम्पनीमा ठूलो रकम हिनामिना भएको छ ।
१२ करोड रुपैयामा हुवावे कम्पनीले टेण्डर हाल्दा पनि नदिएर जेटीइलाई कमिसनकै कारण झनै उल्टै बढी रकमको स्वीकृत गरिएको थियो । सीटीओ अफिसमा बसेर कुन कम्पनीलाई मिल्ने स्पेक बनाउने र कमिसन लिने भन्ने विषयमा विद्याबारिधि गरेका प्रदिप ठाकुरकै कारण फोरजी सेवा पूर्णतया नोक्सानीमा गएको छ । फोरजीको सेवा लञ्च गरिएको भनेर तामझामका साथ प्रचार गरिएपनि थ्रीजी पनि नभएको टेलिकमकै प्राविधिकहरु बताउँछन् । अहिले एक दुई स्थानमा बाहेक त्यही थ्रीजीका लागि सेवा उपलव्ध छैन ।
नेपाल टेलिकमको नेतृत्वमा भ्रष्टाचार गर्न सिपालु व्यक्तिको पदस्थापन भएपछि यसरी टेलिकमको अवस्था धारासायी हुन गएको हो । टेलिकमको प्रबन्ध निर्देशक बनेकी कामिनी राजभण्डारीले अहिलेसम्म कम्पनीलाई फाइदाहुने गरी कुनैपनि नीतिगत निर्णयहरु गर्न नसक्दा उनको कार्य सम्पादन मापन पनि फेल खाएको छ । उनले अहिले नियुक्त हुँदाको समयमा सञ्चालक समितिको तर्फबाट दिइएको प्रबन्ध निर्देशकको कार्य सम्पादन मापनको सुचांक ६ पनि पुगेको छैन् । बैकिङ तरलताका कारण ब्याजमा बृद्धि भएकाले मात्रै कुल मुनाफा शिर्षकमा वृद्धि भएको हो । अहिले नेपाल टेलिकमले १३ प्रतिशत ब्याज पाएकाले नै यो मात्रै ट्राजेट पुगेको छ । त्यसलाई पनि प्रबन्ध निर्देशक राजभण्डारीले उपलब्धिकै रुपमा लिएकी छन् । यसरी प्रबन्ध निर्देशक हुनका लागि कम्पनीले राखेको न्यूनतम मापदण्ड इबीटीडीए ग्रोथ, रेभेन्यू ग्रोथ (सञ्चालन आम्दानीमा वृद्धि), सब्सक्राबर ग्रोथ (ग्राहक सेवामा वृद्धि), नेट प्रोफिट ग्रोथ (कुल मुनाफामा वृद्धि), ग्रोथ इन रिटर्न अन टोटल एसेस्ट (सम्पत्तिको प्रतिफलमा वृद्धि) मा कम्तीमा पनि ९.७५ सुचांक ल्याउनुपर्ने हुन्छ । तर संचालक समितिका तर्फबाट प्रबन्ध निर्देशकले गर्नुपर्ने न्यूनतम मापदण्डलाई नै केहि रकम घुसका रुपमा दिएर सच्चाई पद सुरक्षित गर्न लागेकी राजभण्डारीलाई भने अहिले केहि इमान्दार र राष्ट्रवादी सोच भएका कर्मचारीका कारण असफल बनाइदिएका छन् । गुणस्तर सेवाका सम्बन्धमा पनि नियामक निकायले निर्धारण गरेको मापदण्ड अनुसार र कुनै स्वतन्त्र निकायबाट ग्राहक सन्तुष्टबारे सर्वेक्षण गराउने र सोका आधारमा समय समयमा लक्ष्य तोकिनु पर्ने उल्लेख गरिएको छ ।
असक्षम प्रबन्ध निर्देशकलाई कसरी हटाउने ?
सन्तोषजनक रुपमा काम नगरेको अवस्थामा पदबाट हटाउने व्यवस्था कानुनमा नभएकाले सञ्चालक समितिबाट सिफारिस भएमा नियुक्त गर्नेृ अधिकारीले पदबाट हटाउन सकिनेछ भनेर उल्लेख गरिएको छ ।
अख्तियारका कर्मचारीलाई समेत सेटिङ मिलाएको दाबी !
टेलिकममा नीतिगत र टेण्डर प्रक्रियामा ठूलो भ्रष्टाचार भएको भन्दै पटक पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपनि छानबिनमा ढिलाई हुनुमा आफुले ती कर्मचारीलाई मिलाएको छु भन्दै हिड्ने गरेका प्रदीप ठाकुरलाई हालसम्म पनि कार्वाही गरिएको छैन । ठाकुरले खास गरी लोकमानसिंहका ज्वाई सुभाशिष थपलियासँगको पुरानो सेटिङका कारण अहिले पनि टेलिकमका हाकिमहरुलाई धम्काउँदै आएका छन् । नत उनको सम्पत्ति नै छानबिन गरिएको छ । माइक्रोम्याक्स जस्ता कम्पनीलाई पनि टेण्डरमा सहभागी नगराई अग्रिम कमिसन दिने पार्टीहरुलाई मात्रै काम गर्ने अवसरबाट बन्चित गराउँदा गुणस्तरमा दिन प्रतिदिन खस्कदै गएको छ । नेपाल टेलिकमका ग्राहक दिन प्रतिदिन घटिरहेका छन् ।
टेलिकमका प्रवन्ध निर्देशकले कति तलब सुविधा पाउँछन् ?
नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले खानै नपाएर भ्रष्टाचारमा संलग्न भएकी चाहिँ होइनन् । उनको मासिक तलब दई लाख तोकिएको छ । घरभाडा बापत मासिक पारिश्रमिकको एक चोथाई अर्थात ५० हजार तोकिएको छ । त्यसैगरी भैपरि आउने खर्चमा पनि मासिक पारिश्रमिकको एक चौथाई अर्थात ५० हजार नै तोकिएको छ । चाडपर्व खर्चमा वार्षिक एक महिनाको पारिश्रमिक बराबरको रकम तोकिएको छ । भ्रमण खर्च कम्पनीको नियमावलीमा उल्लेख भए बमोजिम भनिएको छ । तथापि कमिसनमै ¥याल चुहाउने प्रवृतिका कारण नेपाल टेलिकम जस्तो राज्यको ५० प्रतिशत भन्दा बढि शेयर रहेको कम्पनीको दिनदिनै शाख गिराउने काम गरिएको छ । त्यसैले नेपाल टेलिकमका प्रबन्धनिर्देशकको तलब सुविधा राष्ट्रपति र प्रधानमन्त्रीको भन्दा बढि भएपनि कामको गति भने कछुवाको जस्तै छ । उनले आफुलाई यो पदमा नियुक्ति गराउन ग्यारेन्टी लिएर सात करोड घुस दिएका कारण त्यसको असूल गर्नुपर्ने आफु निकटका कर्मचारीहरुलाई बताएकी छन् । सात करोड उठाउने काममा लागेकी राजभण्डारीले सात अर्व उठाएर नेपाल टेलिकमलाई एनसेलको भन्दा कम ग्राहक बनाउँदा पनि अहिलेसम्म कार्वाही नहुनुलाई कुन कुन व्यक्तिको साँठगाँठ छ बुझिनसक्नु नै बनेको छ । (डायरी एक्सप्रेस साप्ताहिकबाट)















प्रतिक्रिया